प्रयोगकर्ताको डाटा नदिएपछि फेसबुकका भाइस प्रेसिडेन्ट पक्राउ

181
  •  
  •  
  •  

diego-jordanकाठमाडौ, १९ माघ(एजेन्सी) : ल्याटिन अमेरिकाका फेसबुकका वाइस प्रेसिडेन्ट डियगो जोर्डनलाई ब्राजिलमा ह्वाट्सएपका प्रयोगकर्ताहरूको डाटा नदिएको आरोपमा पक्राउ गरिएको छ । सीएनएनको रिपोर्ट अनुसार ब्राजिलको एक अदालतले फेसबुकको कम्पनी ह्वाट्सएपसँग प्रयोगकर्ताहरूको डाटा मागेको थियो ।

कम्पनीका अनुसार ह्वाट्सएप डाटा प्रयोगकर्ताको बीचमा इन्क्रिप्ट हुने गर्छ र डिभाइसको एक्सेस पाएपछि पनि यसलाई डिक्रिप्ट गर्न सकिदैन । कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘व्हाट्सएपले त्यस्तो डाटा दिन सक्दैन जुन कम्पनीसँग नै छैन् । हामीले यस विषयमा पूर्ण रूपमा सहयोग गरेका छौँ ।’

चार महिना पहिले फेसबुकलाई प्रयोगकर्ताको डाटाका लागि अदालतले अर्डर दिएको थियो । अधिकारीहरूका अनुसार प्रयोगकर्ताको डाटा ट्राफिकिङ इन्वेस्टिगेशनसँग जोडिएको छ । सीएनएनका अनुसार ब्राजिलको अदालतले फेसबुकको तीन पटक अर्डर पठाइसकेको छ र कम्पनीको तर्फबाट कुनै कदम अगाडि नबढाएकाले १२ हजार ६ सय डलर जरिवाना पनि लगाइएको थियो । गत महिना जरिवानाको रकम बढाएर २ लाख ५३ हजार डलर पुर्‍याइएको छ र ७ फ्रेबुअरीमा अदालतले जोडनविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।


  •  
  •  
  •