चोदै गर्दा प्रहरी नायव निरिक्षक पक्राउ

884
  •  
  •  
  •  

रूपन्देही, १२ पुस(ओएनएस) :  बुटवलमा रातको समयमा चोरी गर्न सर्वसाधारणको घरमा पुगेका प्रहरी पक्राउ समातिएका छन् । बुटवल ५ गोलपार्क स्थीत छाया पोखरेलको निवासमा चोरी गर्न पुगेका इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव निरिक्षक किरणबहादुर रानाभाट समातिएका हुन् ।

उनलाई छायाँ पोखरेलका परिवारकासदस्यहरूले समातेर प्रहरी समक्ष बुझाएका थिए । मध्यरातमा चोरी गर्न पुगेका रानाभाटले अत्याधिक मदिरा सेवन गरेका थिए । पोलमा चढेर पोखरेल बस्ने कोठाको तलामा पुगेका रानाभाटले दराज तथा अन्य झोलाहरु खनतलासी गर्दै गर्दा मस्त निद्रामा रहेकी छायाँकी श्रीमती बिउँझिए पछि छायाँलाई जगाएकी थिइन ।

kiran bd ranabhat1छाया उठेपछि रानाभाटले म प्रहरी हु मैले जे पनि गर्न सक्छु भन्दै धम्काउने र कुटपीट गर्न थालेका थिए । कुटपटि चलिरहेकै समयमा अर्का कोठामा सुतेका भाइहरू उठेपछि रानाभाटलाई नियन्त्रण लिइएको छायाले बताए । सबैलाई हातपात गर्दै मार्छु भन्दै धम्की दिएपछि उसलाई खानतलासी गर्दै धम्काउन थालेको र प्रहरी भए परिचय पत्र देखा भन्दा प्रकाश कार्की नाम भएको चालक अनुमति पत्रको परिचय-पत्र देखाएको पोखरेलले बताए । तर, त्यस परिचय पत्रमा रहेको तस्वीरसँग उसको मेल नखाएपछि पुनः अर्को परिचय पत्र देखाउन भनेपछि बल्ल सही परिचय पत्र देखाएको उनले बताए ।

रातीनै प्रहरीलाई खवर गरी उसलाई बुझाएपनि कारवाही नहुने हो की भन्ने आंशका गर्दै बिहानै इलाका प्रहरी कार्यालयमा स्थानीय पुगेका थिए । उनीहरुले कडा कारवाही गर्न प्रहरीलाई दवाव दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दिलिप घिमिरेले यस भन्दा पहिला पनि रानाभाट चोरी कार्यमा रहेको भेटिएपछि आफूले सम्झाएको अवस्थामा पुनः चोरी कार्यमा भेटिएकाले अब कारबाही अगाडी बढाउने प्रतिवद्धता जनाए । तर, त्यहा उपस्थित भएकाहरुले मिडियाको सामु सार्वजनिक गर्न अनुरोध गर्दा उनले ५ हजार जना आएर प्रहरी कार्यालय घेरेपनि उसलाई सार्वजनिक नर्गर्ने बरू आफू नै कारवाहीमा परेपनि कारबाही भोग्न तयार रहेको भन्दै धम्कीपूर्ण ब्यवहार गरेका थिए ।


  •  
  •  
  •