काठमाडौँमा ३४० लिटर डिजेसहित एक भारतीय पक्राउ

197
  •  
  •  
  •  

Nepal_Police_काठमाडौँ, १५ मंसिर(ओएनएस) : पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेका एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरिएको छ । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित ओम नम शिवाय वर्कशपका सञ्चालक भारत रक्सौल घर भएका २२ वर्षीय बालेश्वर शाहलाई प्रहरीले ३ सय ४० लिटर डिजेलसहित पक्राउ गरेको हो ।

साहले प्रति लिटर २ सय ३० मा डिजेल बिक्री गरिरहेको भन्ने खबर पाएपछि प्रहरी वृत्त कालिमाटीवाट खटिएको टोलीले उक्त डिजेल सहित साहलाई पक्राउ गरेको हो ।

यसैगरी, किर्तिपुर नगरपालिका–३ स्थित किर्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री गरिरहेका झापा बाहुनडाँगी–८ घर भएका २२ बर्षीय मनोज गुरागाईलाई प्रहरीले सोमबार ३ सय ५ लिटर पेट्रोल सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •