चिठ्ठा पर्यो भनी ठगी गर्ने पक्राउ 

188
  •  
  •  
  •  

Nepal_Police_काठमाडौं, १० चैत (ओएनएस) : विभिन्न व्यक्तिहरुलाई एनसेल नम्बरबाट फोन गरी तपाईलाई एनसेलको ५ लाखको चिठ्ठा परेको छ ।  त्यसका लागि कर स्वरुप केही रकम जम्मा गरेमा उक्त चिठ्ठाको रकम पठाई दिन्छु भनि प्रलोभनमा पारी ठगी गरेको अभियोगमा नुवाकोट रालुकादेवी–९ घर भई हाल काठमाडौ–२९ बालाजु बस्ने २१ बर्षीय लिला तामाङ्ग लगायत ४ जनालई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत राजस्थान २३ प्राज्ञनगर गणेश टेम्पल सागररोड अजमर घर भएका २५ बर्षीय भारतीय नागरीक सुमित शर्मा, पाकिस्तान पन्जाब घर भएका पाकिस्तानी नागरीकहरु २५ बर्षीय मोहमद ईजाज अहमद र २५ बर्षीय अहमद नईम रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौ महानगरपालिका–२९ बालाजु मित्रनगरमा रहेको रुप्सी गेष्ट हाउसबाट पक्राउ गरेको थियो ।


  •  
  •  
  •