पुलिस र आर्मी फाइनलमा

299
  •  
  •  
  •  

विराटनगर, २४ जेठ । विभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मी विराटनगरमा जारी एनटिसी वीर गणेशमान सिंह अन्तर्राष्ट्रिय गोल्ड कपको उपाधिका लागि भिड्ने भएका छन् । आर्मीले शुक्रबार विराटनगरको शहिद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा अफ्रिकन युनाइटेडलाई १–० गोलले पराजित गर्दै फाइनलमा नेपाल पुलिस क्लबसँगको भिडन्त पक्का गरेको हो ।

आर्मीका टेकबहादुर कटुवालले खेल सुरु भएको ५० सेकेण्डमै गरेको गोल खेलको विजयका लागि निर्णायक भयो । खेल सुरु भएलगत्तै आर्मीका दीपक गुरुङले मैदानको बीच भागबाट दिएको लामो पासलाई कटुवालले कुनै मौका खेर नफाली बललाई अफ्रिकन युनाइटेडको गोलपोष्टको जाली चुमाएका थिए । खेलमा विजयी बनेसँगै आर्मीले मोफसलकै सर्वाधिक राशि भएको प्रतियोगितामा शनिबार हुने फाइनल खेलका लागि नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।

पुलिस क्लब बिहीबार भएको पहिलो सेमिफाइनलमा आयोजक वीर गणेशमान स्पोर्टस एकेडेमी मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल पक्का गरेको थियो । शुक्रबार भएको खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए


  •  
  •  
  •