जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ६ सेल अश्रुग्यास प्रहार

145
  •  
  •  
  •  

धनुषा, १२ पुस(ओएनएस) : विराटनगरको रानी भन्सारमा धर्नामा बसिरहेका मधेसी मोर्चाका नेतामाथि आक्रमण गरेको विरोधमा तराईका विभिन्न ठाऊँमा विरोध प्रदर्शन भइरहेका छन् ।

यसैक्रममा धनुषाको जनकपुर क्षेत्रमा पनि मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग प्रदर्शनकारीको झडप समेत भएको छ । प्रदर्शनकारीलाई तितिरबितर पार्न प्रहरीले कम्तीमा ६ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच राम चोक र जनक चोक आसपासका क्षेत्रमा झडप भएको छ । प्रदर्शनकारीले भने प्रहरीलाई लक्षित गरेर ढुंगा हानेका छन् ।

प्रदर्शनकारीले खानपानी र पर्यटन रंगभूमिमा रहेको खानेपनी कार्यालय र पिडारी चोकमा रहेको पर्यटन कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले पर्यटन कार्यालयमा आगजनीको प्रयास समेत गरेका थिए ।

यसैगरी आन्दोलनकारीले पनि एकजना पुलिसलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । प्रहरीले अश्रुग्यास हानेपछि आन्दोलनकारी भागाभाग गरेका छन् ।


  •  
  •  
  •