नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने विपक्षीको माग

222
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) । विपक्षी दलहरुले सरकारले आइतबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम जनतालाइ निराशा बनाउने र कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।
सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा मंगलबार सुरु छलफलमा भागलिदै प्रतिपक्ष दलका सभासदहरुले नीति तथा कार्यक्रम राज्यका अंगलाई निजीकरण गर्ने उद्देश्यवाट प्रेरित रहेको बताएका छन् । एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले नीति तथा कार्यक्रम दिशाहीन र नयाँ नेपाल बनाउने जनताको अपेक्षा विपरित रहेको बताए ।

राप्रपा नेपालका सुशील श्रेष्ठले नीति तथा कार्यक्रम निराशाजक र जनताको हित विपरित रहेको दावी गरे ।  विपक्षीहरुले सरकारका नीति तथा कार्यक्रम संशोधन गरेर मात्र पारित गर्नुपर्ने बताएका छन् ।


  •  
  •  
  •