३५ किलो अबैध सुनबारे प्रहरीले लेखालाई जवाफ दिदै

200
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर (ओएनएस) :  व्यवस्थापीका संसदको सार्वजनिक लेखा समितिले डेढ बर्षअघि बरामत गरिएको ३५ किलो अबैध सुनको सुराकी कमिशनबारे अतिरिक्त प्रहरी महानिरिक्षक सुरेन्द्र शाहसँग बयान लिइरहेको छ ।

लेखाले प्रहरी महानिरिक्षक  उपेन्द्रकान्त आर्याललाई बयानको लागि बोलाएपनि उनी कार्यव्यस्तताको कारण नआउने बताएपछि शाह उपस्थित भएका हुन् ।

संसदहरुले शाहलाई कमिसनबारेमा प्रश्नहरु सोधिरहेका छन् । यसअघि २०७० साल असार २५ गते केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले कोटोश्वरबाट ३५ किलो अबैध सुन बरामत गरेको थियो । उक्त सुनको सुराकी गरेका वास्तविक सुराकीले कमिसन बापतको  १ कारोड ७७ लाख नपाएको भन्दै लेखामा उजुरी दर्ता गराएका थिए ।


  •  
  •  
  •