दुव्र्यसनीवाट हुने चोरी र लुटपाट नियन्त्रणका लागि कार्ययोजना

110
  •  
  •  
  •  

ललितपुर ३ असोज (ओएनएस) : ललितपुर प्रहरीले दुव्र्यसनीवाट हुने चोरी र लुटपाटका घटना नियन्त्रणका लागि ललितपुर प्रहरीले विशेष कार्ययोजना लागु गरेको छ ।

चाड पर्व सुरक्षाका लागि दुव्र्यसनीबाट दिउँसै चोरी गर्ने गरेको पाईएपछि  विशेष योजना लागु गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीले लागु औषध दुव्र्यसनीहरुले लागु औषध तथा नशालु पदार्थहरु खरिद गर्नका लागि रुपैयाँ÷पैसा जुटाउनलाई कोही नभएको खाली घरवाट नगद,ल्यापटप,क्यामरा,मोवाईल,गरगहना तथा वहुमुल्य चिजवस्तु जे पाईन्छ त्यै उठाएर लैजाने गरेको भेटिएकाले विशेष योजना सुरु गरिएको ललितपुर प्रहरी प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पवन गिरीले जानकारी दिए ।


  •  
  •  
  •