संखुवासभाको हेयाङ्लामा थप प्रहरी खटाइयो

339
  •  
  •  
  •  

काठमाडौं । संखुवासभाको सिलिचुङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा हेलिकप्टरमा थप प्रहरी खटाइएको छ ।

प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको दुई टोली पठाइएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी हेयाङ्लामा अवतरण गराइएको छ ।

विप्लव समूह र प्रहरीबीच सोमबार बिहान हेयाङ्लामा गोली हानाहान भएको थियो । संखुवासभा प्रहरीका ९ जना र सशस्त्र प्रहरीका १० जना प्रहरी बिहान हेयाङ्ला पुगेका थिए । विप्लव समूहले गोली हानेपछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •