प्रहरीले नै थुनुवा भगायो

110
  •  
  •  
  •  

काठमाडौं १ असोज ।
बुटवलको वडा प्रहरी कार्यालय रामनगरको हिरासतमा रहेका थुनुवालाई प्रहरीले भगाएको छ। ठूलो परिमाणमा सुनका गहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी थुनामा राखेका धादिङ जिल्ला कालिकाचोकका ३३ वर्षीय अनिल पाण्डे प्रहरीको हिरासतबाट भागेका हुन्।

उनले जिप्रका चितवनमा वयानको क्रममा गहना बुटवलमा विक्री गरेको बताएपछि उक्त पसल पहिचान गर्न पाण्डेलाई सोमवार बुटवल ल्याइएको थियो।मंगलबार विहान चर्पी लैजाने क्रममा उनलाई भगाइएको हो। वडा प्रहरी कार्यालयको चर्पी कार्यालयको कम्पाउण्ड भित्रै रहेकोले उनी प्रहरीसँगको मिलोमतोमा भागेको स्राेतले बतायो।

वडा प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर केदार पन्तले घटनाबारे छानवीन भइरहेको र पाण्डेको खोजी पनि भईरहेको बताए ।एकमहिना अघि रुपन्देहीका प्रहरी प्रमुख विक्रमसिंह थापा सरुवा भई उनको ठाउँमा राजेन्द्र ढकाल आएपछि जिल्लामा श्रृंखलाबद्ध ढंगले अपराधका घटना बढ्न थालेका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •