माेटर साइकल चाेरी गर्ने गिरहाे प्रहरीकाे फन्दामा

453
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : काठमाडाैमा माेटरसाइकल चाेरी गर्ने एक गिरहाेलार्इ प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले अार्इतबार विहना गिरहाेमा संलग्न ५ जनालार्इ ५ वटै माेटरसाइकलसहित सुन्धाराबाट पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा रामेछाप ठोसे साबिक गा.बि.स.वडा नं.२ हालको गोकुलगंगा गा.पा.वडा नं.६ घर भई बुढानिलकण्ठ न.पा.वडा नं.५ बस्ने २४ वर्षीय देबराज तामाङ्ग, साेही ठाउँका २३ वर्षीय सुकबिर तामाङ्ग रहेका छन्।

त्यस्तै पक्राउ पर्नेमा बुढानिलकण्ठ न.पा.वडा नं.३ बस्ने रोजेश शाही तथा साेही ठाउँका आकाश नगरकोटी र बिक्रम शाही रहेका छन्।

काठमाडौ जिल्लामा विभिन्न मिति र समयमा विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाईकलहरु चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्ने गिरोहहरु सक्रिय रहेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएकाे प्रहरी टाेलीले चेकिङ्गकाे क्रममा उनीहरु पक्राउ महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

उनीहरुसँग बा ३८ प ४४९२ नं.को VR , बा ५३ ५९१४ न..को VR, बा ४७ प ४६६९ नं.प्लेट स्कुटर,बा ४७ प ४६६१ नं.प्लेट R 15, वा ४५ प ८५३५ नं.प्लेट Apache मोटरसाईकल बरामद भएकाे प्रहरीले जनाएकाे छ।

गिरहाेले ठमेल एरियाबाट माेटरसाइकल तथा स्कुटरहरु चाेरेकाे प्रहरीले जनाएकाे छ।

 

 

 

 


  •  
  •  
  •