अढाई वर्षपछि चार जना मात्रै एआईजी ?

68
  •  
  •  
  •  

काठमाडौं, ७ भदौ : सरकारले नेपाल प्रहरीमा थपेको दुई र साविकबाटै तीन अतिरिक्त महानिरीक्षक एआईजी पदको दरवन्दी कटौती गर्ने निर्णय गरेको छ । अघिल्लो बिहिबार मन्त्रिपरिषद बैठकले पाँच दरबन्दी कटौती गरेर ुभविष्यु मा चारजना मात्र राख्ने निर्णय गरेको हो ।

गृहसचिव सूर्य सिलवालले प्रहरीमा एआईजी पद बढी भएकाले अहिलेका आईजीपी र एआईजीले अवकास पाएपछि त्यो दरबन्दी घटाउने निर्णय भएको बताए । प्रहरी संगठनका लागि चारजनाको पद नै काफी हो,  उनले भने, अहिले भएका एआईजीहरुको कार्यकाल सकिएपछि यो निर्णय लागु हुनेछ । त्यसअनुसार हालका आईजीपी उपेन्द्रकान्त अर्यालको ब्याचुले २०७३ फागुनमा अवकास पाएपछि नयाँ ब्याचमा चारजना मात्र एआईजी रहनेछन् ।

सरकारको उक्त निर्णय अपरिपक्व भएको जानकारहरुले बताएका छन् । आफूलाई आवश्यक पर्दा दरबन्दी थप्ने र नपर्दा खारेज गर्ने अभ्यास गलत हो, पूर्व गृहसचिव उमेश मैनालीले भने, दरबन्दी थप्ने, हटाउने पद्धती अनुसार गर्नुपर्नेमा आफूअनुकूल गरियो ।

दरबन्दी थप्नुको औचित्य पुष्टि गरेर अर्थ मन्त्रालयसँग सहमतिलगायतका प्रक्रिया पुरा गरेरमात्र थप्न सकिने ब्यवस्था छ । आवश्यक छरछैन, खर्च कति लाग्छ सबै बिधी पुर्‍याउनुपर्ने हुन्छ, मैनालीले भने, एकातिर दरबन्दी थप्ने, अर्कोतिर कटौती गर्ने नौटंकी हो, विवेक र प्रक्रिया पुरा गरेर गरिएको निर्णय होइन ।

गठबन्धन सरकारले भागवण्डा पुर्‍याउने गरी एआईजीको दुई दरबन्दी थपेर लामो समयदेखि अडकरहेको उनीहरुको बढुवासम्बन्धी निर्णय अघिल्लो साता लिएको थियो । त्यही क्रममा हाल बढुवा भएकाहरुको सेवाअवधि समाप्त भएपछि तीन एआईजीको दरबन्दी घटाउने निर्णयसमेत लिइएको हो ।

प्रहरी अधिकारीहरु सरकारको यस्तो निर्णयबाट आश्चर्यमा परेका छन् । एक महिनाअघि गरेको निर्णय त कार्यान्वयन नहुने संगठनभित्र अढाई बर्षपछिलाई अहिल्यै निर्णय गरेर के हुन्छ रुु एक बरिष्ठ प्रहरी अधिकारीले भने कुनै तुकबिनाको निर्णय हो यो ।

झण्डै तीन बर्षको गृहकार्यमा बनेको प्रहरी नियमावलीको धज्जी उडाउँदै सरकारले बढुवा गर्दा सात दरबन्दी भएको स्थानमा बिशेष पद खडा गरेर नौजनाको बढुवा गरेको थियो ।

२०७१ देखि मात्र कार्यान्वयनमा आएको प्रहरी नियमावली प्रयोगमा आउन नपाउँदै दुईपटक संशोधन भईसकेको छ । बढुवा मापदण्डमा तालिम गरेको ब्यवस्था, बढुवा सिफारिस समिती र उजुरी पुनरावलोकन समितीको भूमिका संशोधन गरिएको छ ।
कान्तिपुर दैनिकमा खबर छ ।


  •  
  •  
  •