प्रहरी अतिरिक्त महानिरीक्षकहरु दज्र्यानी चिन्हबाट सुशोभित

264
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर (ओएनएस): 
मन्त्रिपरिषद्को मंसिर ६ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दज्र्यानी चिन्हबाट सुशोभन गरेका छन् । हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ सुशोभित भएका हुन् ।

समारोहमा शुभकामना मन्तव्य तथा निर्देशन दिँदै महानिरीक्षक अर्यालले संगठनको उच्च तहमा पुगेको अवस्थामा अझै अब्बल कार्य गर्ने अपेक्षा संगठनको रहेको बताए । निर्वाचनको पूर्वसन्ध्यामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने चुनौतीको सहज व्यवस्थापन गरी पदोन्नतीको उपादेयतालाई पुष्टी गर्ने बिश्वास उनको छ ।

राष्ट्रमा देखा पर्ने विकृति, बिसंगति हटाउन विशेष पहल गर्नुपर्ने चर्चा गर्दै अर्यालले माथिल्लो दर्जाको उचाई कायम राख्न पूर्ण जिम्मेवारीका साथ व्यावसायिक र अनुशासित भएर सांगठनिक हित तथा जनसेवामा काम गर्न निर्देशन दिए । राष्ट्र र संगठनको निर्धारित उद्देश्य प्राप्तीमा दर्जाको गरिमा अनुसार कटिवद्ध भई काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।


  •  
  •  
  •