काठमाडौं १२ बैशाख ।
भूकम्पका बेला हजारौंलाई उद्धार गरी राहत वितरणमा स्वत स्फूर्त खटिएर प्रशंसा कमाएका सुरक्षा निकाय एक वर्ष बित्दा पनि आफैँ भूकम्पपीडित बनेका छन् ।
उपत्यकाकै प्रहरी कार्यालयहरुसमेत एक वर्षपछि टेन्ट र पार्टी प्यालेसबाट संचालन भइरहेका छन् । महानगरी प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले हनुमानढोकास्थित कार्यालय बस्न नहुने गरी चर्किएपछि अस्थायी रुपमा टेकुमा सरेका थिए ।
एक वर्ष बिप्दा पनि भवन बनाउने सुरसार छैन् । अपराध महाशाखा त नेसनल ट्रेनिङ परिसरमा रहेको पार्टी प्यालेसबाट सन्चालन हुँदै आएको छ । अभियुक्तलाई सोधपुछ गर्ने कार्यकक्ष समेत छैन । काठमाडौं परिसरका प्रहरीहरु अहिले पनि टेन्टमा सुत्ने गरेका छन् ।
नयाँपत्रिकाबाट