हटाइए रमेश खरेल, ठूलो संख्यामा सरुवा

170
  •  
  •  
  •  

काठमाडौं, २९ असार (ओेएनएस) एसएसपी रमेश खरेललाई प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट सरुवा गरेको छ ।

खरेलका ठाउँमा केन्द्रीय अनुसन्धान व्यरोका एसएसपी उत्तम कार्कीलाई ल्याइएको छ ।

डिआईजी बढुवा पक्रियामा ब्रिफकेशका चलखेल काण्डमा विवादमा तानिएका खरेल विदामा बसेका थिए । उनको विदा सकिएलगत्तै प्रहरी प्रधान कार्यालयले आइतवार उनको सरुवा गरेको हो । खरेललाई प्रधान कार्यालयका कार्य विभागमा लगिएको छ ।

महानगरीय प्रहरी रानीपोखरीको निमित्त आयुक्तमा डिआईजी विज्ञानराज शर्मालाई सरुवा गरेको छ । शर्मा कार्यरत रहेको प्रहरी महानिरीक्षकको सचिवालयमा विश्वराजसिंह शाही सरुवा भएका छन् । अर्का डिआईजी हेमन्तमल्ल ठकुरी केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएका छन् ।

हनुमानढोकाको अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थ विमानस्थलमा सरुवा भएपछि सो ठाउँमा एसएसपी पुष्कर कार्कीे सरुवा भएका छन् ।


  •  
  •  
  •