घुस लिँदालिँदै प्रहरी इन्चार्ज पक्राउ

209
  •  
  •  
  •  

काठमडौं २० माघ ।
घुस लिदाँलिदै बाँकेमा एक जुनियर प्रहरी अधिकृत रंगेहात पक्राउ परेका छन्। बेतहनी प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरीक्षक परवीर बैगारलाई अख्तियार टोलीले पक्राउ गरेको हो। आयोगको कोहलपुर सम्पर्क कार्यालयबाट खटिएको टोलीले सहायक निरीक्षक बैगारलाई सोमबार कार्यालयबाटै पक्राउ गरेको थियो।

उनले एक जना कुखुरा ब्यापारीबाट ८ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको आयोगको कोहलपुर सम्पर्क कार्यालयका प्रमुख वसन्त कुँवरले नागरिकलाई जानकारी दिए। आयोगले पक्राउ परेका बैगारको साथबाट १५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। उनलाई थप अनुसन्धानका लागि अख्तियार कार्यालय कोहलपुरमा राखिएको कुँवरले बताए। नागरिकबाट


  •  
  •  
  •