पोखरा स्टील फेब्रिकेटर्स एसोशियसन कास्कीको १५ औँ साधारणसभा

359
  •  
  •  
  •  

पोखरा, २५ भदौ(ओएनएस) : पोखरा स्टील फेब्रिकेटर्स एसोशियसन कास्कीको १५ औँ साधारणसभा तथा ११ औँ अधिवेशन आगामी असोज २ गते हुने भएको छ । पोखरा स्टील फेब्रिकेटर्स एसोशियसन कास्कीले पोखरा मिडिया क्लबमा पत्रकार सम्मेलन गरेर संस्थाले गरेका क्रियाकलाप र साधारणसभा तथा अधिवेशनको बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पोखरा स्टील फेब्रिकेटर्स शसोशियसन कास्कीका अध्यक्ष रुद्रलाल श्रेष्ठले साधारणसभाको तयारी तिब्र रुपमा भइरहेको जानकारी दिए । उनले स्टील फेब्रिकेटर्स व्यवसायीहरु अझै पनि दर्ता नभइकन संचालनमा रहनु दुःखद कुरा रहेको भन्दै संस्थाले दर्ता नभई संचालनमा रहेका त्यस्ता व्यवसायीहरुलाई दर्ता गरी व्यवसाय संचालन गर्न पहल गरिरहेको बताए ।

संस्थाका महासचिव याम प्रसाद पौडेलले १५ औँ साधारणसभामा संस्थालाई अगाडी लैजाने विषयमा छलफल हुने र नयाँ व्यवसायीहरुलाई संस्थामा आवद्ध गराउने, समय सापेक्ष उद्योगको विकासमा अग्रसर हुने, व्यवसायमा आवश्यक पर्ने पुर्वाधार, बैकल्पीक उर्जा, दक्ष जनशक्ति, बजारीकरण र भुक्तानीको समस्याको विषयमा छलफल हुने बताए ।

१५ औँ साधारणसभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

२०५५ सालमा दर्ता भएको पोखरा स्टील फेब्रिकेटर्स शसोशियसन कास्कीमा अहिले करीब २ सय व्यवसायीहरु संगठित रहेका छन् ।
स्टील फर्निचर, पाइप ट्रसको छाना, झोलुङ्गे पुल, मोटर गुड्ने पुल, खानेपानी र सिंचाई आयोजनाका पेन स्टक पाइप, वाटर ट्याङकर, पोल, टावर लगायतका सामाग्रीको व्यवसायीहरु संगठित भएको संस्था स्टील फेब्रिकेटर्स एसोशियसन हो ।


  •  
  •  
  •