बजेटमार्फत पर्यटनका लागि राहत प्याकेज घोषणा गर्न सुझाव

63
  •  
  •  
  •  

ओएनएस संवाददाता पाेखरा, ५ जेठ : गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई आगामी आर्थिक बर्ष २०७७/७८को बजेटमा पर्यटन क्षेत्रलाई विशेष राहत प्याकेज घोषणा गर्न सुझाव दिएको छ ।

समितिले सोमबार पोखरा नदिपुरस्थित आफ्रनै कार्यालयमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालसँग बजेटबारे छलफलगर्दे उक्त सुझाव दिएको हो ।

समितिका सभापति दीपक कोइरालाको अध्यक्षतामा बसेको बैठकले कोभिड १९को कारण पर्यटनक्षेत्र बढी प्रभावित भएको भन्दै सरकारले पर्यटनलाई माथी उठाउन विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ।

सभापति कोइरालाले प्रदेश सरकारले आफ्नो आन्त्ररिक आम्दानी बढाउनको लागि करको दायारा बढाउनु पर्ने, अन्तिम चौमासिकमा मात्रै खर्च कामलाई निरुत्साहित गर्नुपर्ने ,कृषि र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढनु पर्ने, कृषि उद्योगसँग जोडनु पर्ने लगायतका सुझाव दिए।


  •  
  •  
  •