पोखरा जाऔं, पर्यटक जोगाउँ

83
  •  
  •  
  •  

काठमाडौं ७ साउन (ओएनएस) : ‘पोखरा जाऔं, पर्यटक जोगाउँ’ भन्ने मुल नाराको साथ पर्यटन प्रबद्र्धन र पुनर्जीवनको लागि सांग्रीला होटलले पोखराका लागि दुइ दिने नयाँ प्याकेज सार्वजनिक गरेको छ । भूकम्प पछि केहि ठाउँको पर्यटन क्षेत्रमा असर पुगे पनि आम ठाउँमा असर नपुगेको र पोखरा सुरक्षित रहेको सन्देश दिनको लागि साउन ९ र १० गते नयाँ प्याकेज सार्वजनिक गरेको हो ।

DSC_3542सांग्रीला होटलका महाप्रवन्धक राजु विक्रम शाहाले आन्तरिक पर्यटकको चहल पहलमा वृद्धि गर्न र अन्तराष्ट्रिय स्तरमा नेपाल पर्यटन क्षेत्र पोखरा, लुम्बिनी, चितवन सौराहा सुरक्षित छ भन्ने सन्देश दिनको लागि नयाँ प्याकेज सार्वजनिक गरिएको जानकारी दिए ।

महाप्रबन्धक शाहाले नीजि क्षेत्रको विभिन्न पेशा तथा व्यवसायीले पर्यटन क्षेत्रलाई विगतको स्थीतीमा ल्याउनको लागि नयाँ नयाँ योजना र प्याकेज सार्वजनिक गर्नु पर्ने बताए ।

उनले नेपालको पर्यटन क्षेत्रमा भूकम्पले ठूलो क्षति पुर्याएको बताउँदै यसको पुनः जागरणका लागि होटल व्यवसायीहरुले पनि व्यक्तिगत तथा संस्थागत रुपमा विदेशि पर्यटक भित्र्याउको लागि वैकल्पिक योजनाहरु ल्याउनु पर्ने औल्याए । महाप्रबन्धक शाहले दुइ दिनको यात्रामा पोखरा भ्रमणमा करीब ४० जना विभिन्न क्षेत्रको प्रतिनिधिहरु रहेको  बताए । भ्रमणको क्रममा पोखराको पर्यटकिय क्षेत्रको साथै संस्कृति तथा धार्मिक क्षेत्रको अवलोकन गरी पर्यटन क्षेत्रको पुर्न उत्थानको सवालमा व्यवसायीहरु बीचमा छलफल गर्ने शाहाले जानकारी दिए ।

DSC_3557यसैगरी सांग्रीला होटलकी सहायक प्रबन्धक वबिता पाण्डेले भूकम्पले सबै पर्यटक क्षेत्रमा क्षति नपुगेको जानकारी गराउँदै पोखरा आन्तरिक तथा बाह्य पर्यटकको लागि सुरक्षित रहेको बताइन् । कुनै जोखिम र संवेदनशिल छैन । हिजो जस्तो थियो आज पनि पोखरा उस्तै छ भन्ने सकरात्मक सन्देश दिनको लागि पोखरा जाऔं पर्यटक जोगाउँ भन्ने नारा सहित नयाँ प्याकेज सार्वजनिक गरेको जानकारी दिइन् ।

उनले यो दुइ दिने प्याकेज आन्तरिक पर्यटकको लागि गर्न लागेको बताउँदै होटलको विभिन्न पार्टन कम्पनी, कर्पोरेट हाउस, सपोटर्स, डोमेस्टिक टुरिजम ट्राभल्स एजेन्ट, सरकारी तथा गैर सरकारी संघ संस्थाको प्रतिनिधिलाई आफ्नो लागतमा पोखरा लैजाने सहायक प्रबन्धक पाण्डेले जानकारी दिए । उनको अनुसार अहिले पोखरामा पर्यटकको चहल पहल करिब ५ प्रतिशत देखिन्छ । होटलको पोखरामा रहेको शाखा सांग्रिला भिलेज रिसोर्टले दुइ दिनको व्यवस्थापन गर्ने छ ।

lake-pokharaपोखरामा पर्यटयन क्षेत्र पुनः जागरण तथा विकास, विस्तार र भित्र्याउनको लागि सांग्रिला भिलेजले ‘पिडितलाई सहयोग गरौं, पर्यटनलाई बचायौं’ भन्ने नाराको साथ पर्यटन भित्र्याउन मनसुन प्याकेज सार्वजनिक गरेको छ ।

मनसुन प्याकेज अन्य समयको भन्दा सस्तो सुलभ भएकाले आन्तरिक तथा बाह्य पर्यटकको लागि उपयुक्त भएको बताउँदै यसबाट भएको आम्दानीको १० प्रतिशत भूकम्प पीडितलाई सहयोग गर्ने होटलको सहायक प्रबन्धक पाण्डले जानकारी दिए । मनसुन  प्याकेजमा हिमाली बैंकको कार्डले विल भुक्तानी गरेमा १० प्रतिशतसम्म छुट हुने सांग्रिलाले जनाएको छ ।

होटलले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याकेजमा लोकल खानाको फेस्टिभलको आयोजना, आन्तरिक पर्यटक बढाउने विभिन्न कार्यक्रमको सार्वजनिक, कार्यक्रममा १५ देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था सांग्रिला भिलेज पोखराले गर्न लागेको जनाएको छ ।

यसैगरी पोखरामा विगत १५ वर्षदेखि पर्यटन क्षेत्रमा काम गर्दै आउनु भएको सन्देश गुरूङले पोखरामा विदेशि पर्यटक आउन छोडेको बताए । उनले पोखराको पर्यटन व्यवसायीले पर्यटन भित्र्याउनको नयाँ प्याकेज सार्वजनिक गर्न नसकेको जानकारी दिदै अब पर्यटन क्षेत्रकै सरकारी निकायले तदारुकता देखाउनु पर्नेमा जोड दिए ।


  •  
  •  
  •