पोखराको न्यूरोडमा आगलागी, २ पसल जले, चार घाइते

238
  •  
  •  
  •  

fire pokhara
फोटो : गन्थन डट कम

काठमाडौं, १२ चैत (ओएनएस) : पोखराको न्युरोडस्थित उपमहानगरपालिका कार्यालयनजिकै सञ्चालित दुई पसल जलेर नष्ट भएका छन् । आगलागीमा सञ्चालकसहित चारजना घाइते भएका हुन् ।

डीआईपी सप्लायर्समा बिहिबार बिहान सात बजे आगलागी हुँदा सँगै जोडिएको पेन्ट्स पसल पनि पूर्णरुपमा जलेको थियो । आगालगीमा परी पसल सञ्चालक गोविन्द अधिकारी, साबित्री अधिकारी, जापानी भाषा सेन्टरमा अध्ययनरत विद्यार्र्थी प्रमिला गुरुङ र नेष्ट फर्निचरकी सीता कोईराला घाइते छन् ।

घाइतेको पद्म नर्सिङ होम न्युरोडमा उपचार भइरहेको छ । सञ्चालक अधिकारीकी चार वर्षीया छोरी अनुष्का अधिकारीलाई भने सकुशल उद्धार गरिएको छ । आगलागीबाट ४० लाख रुपैयाँबराबरको क्षति भएको सञ्चालक अधिकारीले बताए । आगलागीमा शंकर राउतद्वारा सञ्चालित प्रतिउषा कलर हाउससमेत जले पनि क्षतिको विवरण आउन बाँकी छ ।

आगलागीबाट सात मोटरसाइकल जलेका छन् । पोखरा उपमहानगरपालिकाका दुई दमलक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले एक घन्टा लगाएर आगो निभाउएका थिए ।


  •  
  •  
  •