पोखरामा बम विस्फोट हुँदा एक सैनिक घाइते

427
  •  
  •  
  •  

पोखरा, ५ वैशाख(ओएनएस) : कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि बिहीबार बम विस्फोट भएको छ ।

विस्फोटमा एक सैनिक घाइते भएका छन् ।  प्रदेशसभा भवनअगाडि बम भेटिएको खबरसँगै सेना पुगेर डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको प्रहरीले बताएको छ ।
यस्तै पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।

विप्लव समुहले आज नेपाल बन्द गरेको छ । बन्दका क्रममा विभिन्न जिल्लामा बम भेटिएको छ ।सरकारले लगाएको प्रतिबन्धको विरोध, पक्राउ परेका पार्टीका नेता कार्यकर्ताको रिहाइ, झूट्टा मुद्दा खारेजीलगायत मागसहित नेकपाले बन्दको आब्हान गरेको हो ।


  •  
  •  
  •