पोखरा प्रिमियर लिगः चितवन राइनोजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

1232
  •  
  •  
  •  

पोखरा । पोखरा प्रिमियर लिग(पीपीएल)मा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा एक सय सात रनमा अलआउट भयो ।
चितवन राइनोजले १०८ रनको सामान्य लक्ष्य १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

चितवनका लागि बाबर हयातले अविजित ६६ तथा सन्नी पटेलले अविजित २२ रनको योगदान गरेपछि १०८ रनको लक्ष्य ३१ बल बाँकी छँदै पूरा भएको हो ।

बलिङतर्फ पोखराका रसिद खान र सर्व्जित लड्डाले दुई/दुई विकेट लिएका थिए । यसअघि खराब सुरुवात गरेको पोखराले मात्र ५ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि १९ रनमा दोस्रो विकेट खेर फालेको पोखराले ५० रन बनाउँदा चार विकेट झार्न पुग्यो । उसका ओपनर कुशल भुर्तेल जसले पहिलो खेलमा अर्धशतक बनाएका थिए उनी मात्र पाँच रनमा आउट भए ।

त्यसपछि आसिफ शेखपनि १० रनमा आउट हुँदा रवीइन्दर सिंहपनि १० रनमा नै पेभेलियन फर्किए । त्यसपछि विनोद भण्डारी सात रनमा आउट हुँदा पोखराको पारी संकटमा परेको थियो । त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि खाता खोल्न नपाउँदै रनआउट भए ।

पोखराले ९२ रनमा ६ विकेट खेर फाल्यो । पोखराको पारीलाई सम्हालेका कप्तान शरद भेषावकर ४५ रनमा पेभेलियन फर्किएपछि उसले सातौँ विकेट गुमाएको थियो । बलिङमा चितवनका सन्नी पटेल र रोहन मुस्तफाले दुई/दुई विकेट लिए ।


  •  
  •  
  •