द्रुत विषादी परीक्षण एकाइ गठन गरिने

325
  •  
  •  
  •  

thकाठमाडौं, १८ मंसिर (ओएनएस) : सरकारले विषादी परीक्षणलाई देशका विभिन्न जिल्लामा विस्तार गर्ने भएको छ । विषादीयुक्त तरकारी तथा फलपूmलको प्रयोगबाट उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने उद्देश्यले सरकारले परीक्षण  एकाइ विस्तार गर्न लागेको हो ।

जसअनुसार चितवन, बुटवल, नारायणगढ , पोखरा र काठमाडौंको अर्को एक स्थानमा द्रुत  विषादी परीक्षण एकाइ गठन गर्न लागिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए  ।
परीक्षण एकाइ सञ्चालनका लागि आवश्यक जनशक्तिलाई तालीम दिइसकेको शर्माल बताए । ५ करोड ४० लाखको लागतमा परीक्षण  एकाइ  स्थापना हुन लागेको  हो ।

अहिले काठमाडौंको कालीमाटी फलफुल तथा तरकारी बजारमा यस्तो इकाइ सञ्चालनमा छ । गत असार महिनामा कालीमाटी तरकारी बजारमा पहिलोपटक एकाइ स्थापना भएसँगै तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको उनले जानकारी दिए । तर विषादी निर्मुलन नै भएको भने छैन  ।

त्यसैगरी, विषादी प्रयोगलाई न्यूनीकरण गर्न देशका ६ जिल्लामा सामुदायिक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम)  स्रोतकेन्द्र  स्थापना गरिसकेको छ । जैविक तथा वानस्पतिक विषादीको उत्पादन तथा प्रयोग बढाउन सरकारले यस्तो कार्यक्रम शुरु गरिएको शर्मा बताउँछन् ।

यसैबीच, सरकारले ‘घातक विषादीको प्रयोग हटाऔं, मानव स्वास्थ्य र वातावरण जोगाऔं’ नारासहित दोस्रो विषादी प्रयोगमुक्त सप्ताह मनाएको छ । बुधवारदेखि विभिन्न जनचेतनासहित देशव्यापी रुपमा शहरका विभिन्न चोक, कृषि सेवाकेन्द्र तथा किसानको खेतसम्म यस्तो सप्ताह सञ्चालन गरिएको छ ।

समुदायमा विषादीको नकारात्मक असरबारे जनचेतना अभिवृद्धि  मूल उद्देश्यले यस्तो सप्ताह सञ्चालन गरिएको छ ।  सप्ताह  मङसिर २४ गतेसम्म सञ्चालन हुने छ ।


  •  
  •  
  •