एपेकद्वारा कवि पूजालाई सम्मान

99
  •  
  •  
  •  

gobardanकाठमाडौं, १५ भदौ (ओएनएस) :  एक महिना लामो नेपाल बसाइपछि अमेरिका फर्कन लागेका कवि एवं गजलकार गोवद्र्धन पूजालाई एपेक नेपालले सम्मान गरेको छ । एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले कवि पूजाको साहित्यिक क्रियाशीलताका बारेमा चर्चा गर्दै उनको यो सक्रियताको निरन्तरताका लागि शुभकामना दिए ।

कार्यक्रममा कवि गोवद्र्धन पूजाले यस पटकको नेपाल बसाइमा आफ्नो दुईवटा कृति सार्वजनिक हुन सकेकोमा खुशी व्यक्त गरे । उनले यस पटकको बसाइ पूर्णतः साहित्यमय भएको उल्लेख गर्दै ‘अनामनगरकी अम्विका’ र आफूसहित पाँच जना कविहरुको संयुक्त कविता संग्रह प्रकाशित गरेको बताए । उनले हामी कविता श्रृंखला तथा केही एकल कविता वाचन गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिए ।

कवि पूजाले अमेरिका प्रवासमा पनि साहित्य र कलाबाट टाढा नरहेको उल्लेख गर्दै अमेरिकाको बोष्टनमा पनि हरेक साता ‘सिर्जना उत्सव’ नामक साहित्यिक कार्यक्रम गर्दै साहित्यलाई निरन्तरता दिएको बताए । सिर्जना उत्सवमा बोष्टनमा रहेका नेपाली साहित्यकारहरुको उल्लेख्य उपस्थिति हुने गरेको र नेपालबाट बोष्टन पुगेका साहित्यकर्मीहरुलाई सम्मान समेत गर्दै आएको बताए । उनी भन्दै थिए, ‘बोष्टनलाई हामी कहिले कँही काठमाडौ पनि भन्छौं ।’

कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, जय छाङ्छा, शंकर भारती, अरुण रञ्जीतलगायतले पूजालाई शुभकामना दिएका थिए ।


  •  
  •  
  •