‘कस्तो जन्म पायौ श्री दुनियाकै प्यारो’

165
  •  
  •  
  •  

काठमाडौं, ६ भगदौ (ओएनएस): गीतकार एवम् डिजाइनर सुन्दर श्रेष्ठले श्रीकृष्णको सम्झनामा आफ्नो रचना लयबद्ध ढंगले वाचन गर्दागर्दै एक्कासी भक्कानिएर रोए । एक हरफ पुरा गर्दैमा उनी भक्कानिएको देखेर निर्देशक दिनेश डीसीले उनको रचना वाचन गरेर सबैलाई भावुक बनाइदिए ।
के थियो र त्यस्तो कवितामा ?

श्रीको यादमा लेखिएको यो कविता
कस्तो जन्म पायौँ  श्री दुनियाकै प्यारो 
तिम्रो निधन सुन्दा खेरि पत्याउनै गार्हो
आमा बाउको कान्छो छोरो, आँखाको थ्यौ नानी 
सबैसित हास्ने बोल्ने, नबिझाउने बानी
सम्झनामा आउँदै तिमि, घरी घरी रुवायौं
मनव सागर मलामी थे, सलामी नै पायौं
असंख्यको भीडमा पनि, एउटै मान्छे तारो
तिम्रो निधन सुन्दा खेरि पत्याउनै गार्हो
राम्रालाई नै लाँदो रैछ, कालले छानी छानी
लोकप्रिय थियौ तिमि, प्रतिभाकै खानी
छोटो आयु भनुँ भने, अजम्बरी भयौँ
बुढी आमा एक्लै छाडी छाडी भुक्याएर गयौ
अरुलेत विर्सन्छन् कि संगीनीलाई सार्हो
तिम्रो निधन सुन्दा खेरी पत्याउनै गार्हो
खुशि थिए नव जोडी, चुँडी लग्यौ एउटालाई
निष्ठुरी पो रैछन् हरे, के भनुँ खै देउतालाई
राम्रालाई नै स्वर्ग भए श्री तिम्लाई स्वर्गै मिलोस्
यहाँ जस्तै स्वर्गमा नि तिम्रो कृति फैलोस
श्रद्धाञ्जली दिदाँ तिम्लाई, बग्छ आँशु धारो
तिम्रो निधन सुन्दा खेरी पत्याउनै गार्हौ


  •  
  •  
  •