प्रधानमन्त्री कार्यालयमा अझै छाएन शासकीय रौनक

337
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारमा रहेका प्रायः सबै मन्त्रालयमा भिडभाड नै हुन्छ । त्यसमा पनि सबैको केन्द्र मानिने प्रधानमन्त्री कार्यालयको चहल पहल नै बेग्लै । तर, यसपटक त्यस्तो देखिएको छैन । गैर राजनीतिक नेतृत्वको सरकारले जननिर्वाचित सरकारलाई हस्त्ता हस्तान्तरण गरेको ६ महिना पुग्न लाग्दा पनि प्रधानमन्त्री कार्यालयमा शासकीय रौनक देखिएको छैन ।

प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री भएदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र सिंहदरबार दुइटैमा शासकीय रौनक नदेखिएको कांग्रेसभित्रै चर्चा चल्न थालेको छ ।
प्रधानमन्त्री कार्यालयको सुनसान अहिले प्रधानमन्त्री कोइराला उपचारकोलागि अमेरिका गएका कारण भएको भने होइन । प्रधानमन्त्री कार्यालयमा हुँदापनि सर्वसाधारण त्यतिधेरै प्रधानमन्त्री कार्यालय छिर्दैनन् । प्रधानमन्त्रीका सल्लाहकारहरुको कार्यालय पनि सुनसान जस्तै हुन्छन् । ६ महिना पुग्न लाग्दा पनि प्रधानमन्त्रीले ‘सल्लाहकार समूह’ बनाउन सकेका छैनन् । प्रधानमन्त्री कार्यालयका कर्मचारी र केही सुरक्षाकर्मीबाहेक कुटनीतिक रुपमा हुने भेटघाट र केही मात्रमा सेवाग्राही प्रधानमन्त्री कार्यालयमा आउँछन् ।

‘अघिल्लो चुनावी सरकारको पालमा पनि यस्तै अवस्था थियो, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने,‘त्यो अवस्था अहिले पनि जारी छ ।’ तर, प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्ल भने प्रधानमन्त्री कार्यालय नीति नियम बनाउने र प्रत्यक्ष जनतासँग सरोकार नराख्ने भएकाले सेवाग्राही कम भएको तर्क गर्छन । ‘प्रधानमन्त्री कार्यालयले कुनैपनि काम प्रत्यक्ष रुपमा गर्दैन, मल्लले ओएनएससँग भने,‘यहाँ नीति नियम बनाउने र सहयोगी भुमिका निर्वाह गर्ने काम हुन्छ । त्यसैले पनि सर्वसाधारणको काम यो कार्यालयमा खाशै हुँदैन ।’

उनले विश्वका अन्य मुलुकको उदाहरण दिँदै प्रधानमन्त्री कार्यालयमा पहुँच नै गा¥हो हुने बताए । ‘अरु मुलुकमा त प्रधानमन्त्री कार्यालयमा पहँुच नै हुँदैन, उनले भने,‘हामीकहाँ त सिधा पहुँच छ ।’ तर यसअघिका दलीय सरकारमा प्रधानमन्त्रीको ‘किचेन क्याविनेट’ का कारण पनि सबैभन्दा बढी भीड प्रधानमन्त्री कार्यालयमा नै हुन्थ्यो । कोइराला सानो घेरामा भएकाले शासकीय रौनक नछाई विदा हुने सम्भावना रहेको कांग्रेसका एक नेताले टिप्प्णी गरे । प्रधानमन्त्रीका एक जना सल्लाहकारले कांग्रेसका प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री कार्यालयमा कार्यकर्ता कम आउने गरेको दाबी गरे । ‘सुशील कोइराला भएको बेलामा मात्र होइन, गिरिजाबाबुको पालामा पनि कार्यलयमा कार्यकर्ता कम आउथे, नाम उल्लेख नगर्ने शर्तमा एक सल्लाहकारले भने ।

अर्थमन्त्रालयमा शासकीय रौनक

प्रधानमन्त्री कार्यालयबाट करिब ५० मिटरको दुरीमा रहेको अर्थ मन्त्रालयमा भने यतिबेला खुट्टराख्ने ठाउँपनि छैन । नयाँ आर्थिक वर्षको बजेट निर्माणको काम तीव्र गतिमा भइरहेका कारण पनि अर्थ मन्त्रालयमा सेवाग्राहीको संख्या उल्लेख भएको हो । अहिले अर्थ मन्त्रालयमा मात्र नभएर प्रधानमन्त्री कार्यालयबाहेक सबैजसो मन्त्रालयमा बजेट माग्ने सेवाग्राहीको चाप देदिन्छ ।, अर्थपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र कृषि विकास मन्त्रालयमा बढी सेवाग्राही देख्न सकिन्छ । बजेट माग गर्दै मन्त्रालय धाउनेमा अधिकांश सभासद रहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा बढी भन्द बढी बजेट पार्न सभासदहरु संविधानसभाको बैठकमा हाजिर गरेर सिंहदरवार आइपुग्छन् । अर्थ मन्त्रालयले भने अहिले बजेट शाखामा जान सर्वसाधारणलाई रोग लगाएको छ । सरकारले आगामी मसान्तसम्म बजेट ल्याउने तयारी गरेको छ ।


  •  
  •  
  •