राती डेड घण्टा प्रधानमन्त्री राष्ट्रपति निवासमा

76
  •  
  •  
  •  

koirala
koirala

काठमाडौं ११ माघ । राष्ट्रपति डा. रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले शनिबार राति राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका छन् । राति ८ बजे शिलतनिवास पुगेका प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिसँग करिब डेढ घण्टा छलफल गरेका हुन् ।
माघ ८ मा संविधान दिन नसकेपछि उत्पन्न अवस्थाबारे दुर्इजनाबीच छलफल भएको बताइएको छ । संविधान निर्माणबारे दलहरुबीचको छलफल र सत्तारुढ दलले संविधानका लागि गरेको तयारीबारे पनि उनीहरुबीच कुरा भएको बताइएको छ।  दुर्इबीच एमाओवादीसहितका विपक्षी मोर्चाको आन्दोलनबारे पनि कुरा भएको छ ।

स‍ंविधान दिन असफल रहेपछि निराश प्रधानमन्त्री कोइरालाले आफ्नो राजीनामाबारे समेत राष्ट्रपतिसँग परामर्श गरेको बताइएको छ । छलफलका क्रममा राष्ट्रपति यादवले संविधान लेखनलार्इ तत्काल अघि बढाउन एमाओवादीसहितको मोर्चासँग सम्वाद थाल्न भनेका थिए ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिसँगको कुराकानीमा एमाओवादीलार्इ संविधान निर्माणमा मनाउन आफूले सक्दो प्रयास गरिररेहको जानकारी राष्ट्रपतिलार्इ गराएका थिए । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •