प्रधानमन्त्रीको सम्बोधन आज साँझ ६ बजे

250
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । तिहार अघि नै सम्बोधन गर्ने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो ।

प्रधानमन्त्री भएको एक महिना पुगेको अवसर पारेर प्रधानमन्त्रीले औपचारिक रूपमा आज साँझ ६ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीका बरिष्ठ नेताहरुसँगको परामर्शपछि ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी, मधेस आन्दोलन, सरकारका प्राथमिकतालगायतका विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ । मुलुकले भोगिरहेको अघोषित नाकाबन्दीपछिको संकट र अन्तर्राष्ट्रिय चासोलाई समेत ओलीले आफ्नो सम्बोधनमार्फत सन्देश दिने भएका छन् ।

ओलीले जनतालाई आफ्नो सरकारका तत्कालिन र दीर्घकालिन योजनाबारे समेत जानकारी गराउनेछन् ।


  •  
  •  
  •