‘नेपालमा खुलेर लगानी गर्नुहोस, बाधा हामी हटाउछौं : प्रम कोइराला’

261
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस): प्रधानमन्त्री शुसिल कोइरालाले गैरआवासिय नेपालीलाई नेपालमा खुलेर लगानी गर्न आग्रह गरका छन् ।

नेपालमा लगानीको वातावरण सृजना गर्ने प्रतिबद्वता गर्दै यस्तो आग्रह गरेका हुन् । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली दिवस(एनआरएएन डे)को उद्दघाटन गर्दै उनले नेपालको राजनिती स्थायी नभएकोले दुःख भएपनि अव लगानी गर्नेलाई अवरोध नहुने विश्वास दिलाए ।

नेपालमा लगानी गरेपछि प्रतिफल आउनेमा आशंका नगर्न समेत आग्रह गरे । ‘नेपाल भर्जिन ल्याण्ड हो , यहाँ लगानी गुर्नस’ उनले भने । एक पटकको नेपाली सधैको नेपाली भएकोले एनआरएनले नै देशको विकासमा सहयोग गर्न सक्ने बताए ।

प्रधानमन्त्री कोइरालाले एनआरएनले शिक्ष,स्वास्थ्य तथा पर्यटनको विकासमा सहयोग पु¥याएको बताए । सञ्चार क्षेत्रमा नेपालले जति छिटो प्रगति कुनै देशले गरेको छैन उनले भने । सूचना तथा सञ्चारमा नेपालले गरेको उपलब्धि संसारका सवै देशका लागि नमुना भएको उनले बताए ।
कार्यक्रममा एकिकृत माओवादीका नेता डा. बाबुराम भट्टराइले संसारभरबाट आर्जन गरेको ज्ञान तथा सिपलाई नेपालमा खर्च गर्न एनआरएनलाई आग्रह गरे ।

साथै उनले एनआरएनलाई आफु मात्र धनि नभइ नेपाललाई पनि धनि बनाउन आग्रह गरे ।

२ अंकको आर्थिक बृद्वि गर्न ४ देखि ५ सय अर्व बाह्य लगानी आवश्यक भएको बताए । ‘सो लगानी एनआरएनले ल्याउनुपर्छ’ उनले भने ।
भट्टराइले कमाउनेले तिर्ने करबाट गरिवलाई शिक्षा स्वास्थ्यलगायत सुविधा उपलब्ध गराउन सकिने बताए ।

सो अवसरमा उनले एनआरएनलाई विशेष नागरिकता दिने निणर्य भइसकेको जानकारी दिए । साथै नेपालको राजनितिक दलकाविचमा मत नभएको बताए ।

सो अवसरमा एनआरएनका अध्यक्ष शेष घलेले नेपालमा राजनितिक अस्थिरता भएकोले लगानी गर्न गाह्रो  भएको बताए । ‘जोखिमकै विच लगानी गरेको छु,उनले भने ।

राजनितिक स्थायित्व र लगानीको वातावरण भएमा विदेशी लगानीकर्ता आकर्षित हुने बताए । साथै विभिन्न नीति बनेपनि तयसको व्यवहारिक कार्यन्वयन नभएको गुनासो गरे ।

सो अवसरमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने, मुख्यसचिव लिलामणी पौडेल, उद्योगपति विनोद चौधरी, उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलगायतको सहभागिता रहेको थियो ।

SHERATON KATHMANDU 2यसैविच केशरमहलमा बन्न लागेको पाँचतारे शेराटन काठमाडौं होटलको प्रधानमन्त्री सुशील कोईरालाले शिलन्यास गरेका छन् । एनआरएनका अध्यष शेष घलेसहितको लगानीमा बन्न लागको होटेलको कोईरालाले शनिबार एनआरएन दिवसको अवसर पारेर शिलन्यास गरेका हुन् ।


  •  
  •  
  •