‘भ्रष्टाचार गरे मन्त्रीलाई पनि छाड्दिन’: प्रम

170
  •  
  •  
  •  

काठमाडौं, १९ कात्तिक (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाड्ने बताएका छन् ।

मन्त्रीले नै भ्रष्टाचार गरे पनि एक मिनेटमै बर्खास्त गर्ने उनले बताए ।११ विद्यार्थी संगठनले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भ्रष्टाचार न्यूनिकरणका लागि शुन्य सहनशिलताको नीति लिएको उल्लेख गरे ।

अख्तियारको हस्तक्षेपले समग्र शैक्षिक क्षेत्र नै लथालिंग भएको चन्दै विद्यार्थी संगठनको ज्ञापन बुझाएका थिए । प्रधानमन्त्रीले यस विषयमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग छलफल गर्ने बताए । साथै शिक्षा क्षेत्र अस्तव्यस्त भएकोबारे दातृ निकायले समेच चासो राखेको जानकारी दिए

प्रधानमन्त्री कोइरालाले सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीलाई निर्देशन दिइसकेको बताए ।विद्यार्थी संगठनहरुले यसअघि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा मालेका अध्यक्ष सीपी मैनालीलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।


  •  
  •  
  •