‘संबिधान आउदैन भन्नेहरुको पछि नलाग्नुहोस्’ – कोइराला

422
  •  
  •  
  •  

PM koiralaकाठमाडौं, ३० कात्तिक (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मा संबिधान आउदैन भन्नेहरुको पछि नलाग्न आग्रह गरेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सातौं सभालाई आइतबार काठमाडौंमा सम्बोधन गदै प्रधामन्त्री कोइरालाले दलहरूबीचको वार्ता र सहमति जारी रहेको भन्दै संविधान नआउने भन्ने हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका हुन् ।

उनले दलहरूबीच सहमति जुटाई तोकिएको समयमा संविधान जारी गर्ने जिकिर गरे । कोइरालाले दलहरू संविधानका विवादित विषयमा सहमति जुटाउन प्रसासरत रहेकाले उनीहरूबीच सहमतिकै आधारमा तोकिएको समयभित्रै संविधान जारी गरिने बताए ।

उनले तोकिएको समयभित्र संविधान जारी गर्न हामी आतुर रहेको भन्दै सहमति र सहकार्यबाटै निकास निकाल्ने जिकिर  गरे। द्वन्द्वबाट दिक्क भएका जनताले अब शान्ति चाहेको भन्दै प्रधानमन्त्री कोइरालाले जनताको चाहनालाई कसैले पनि ओझेलमा पार्न नसक्ने दाबी गरे ।

तोकिएको समयमा संविधान जारी नभएर देशमा संकट पैदा हुने भन्दै उहाँले संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताए ।


  •  
  •  
  •