काठमाडौ, ७ माघ(ओएनएस) : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी र मधेषी मोर्चालाई आन्दोलनमा नजान आग्रह गरेका छन् ।
तमु ल्होसारका क्रममा खुलामञ्चमा आयोजित विषेश कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले हात जोडेर यो समय आन्दोलनमा जाने समय नभई संविधान बनाएर विकास गर्नुपर्ने समय भएकाले आन्दोलनमा नजान आग्रह गरेका छन् ।
अहिलेको अवस्थामा आन्दोलनमा जाँदा देशको हित नहुने भन्दै प्रधानमन्त्री कोइरालाले भने, ‘अहिले संविधान बनाएर विकास गर्ने बेला हो आन्दोलन गर्ने बेला होइन ।’
उनले संविधानमा सबै जातजाती धर्म, वर्गका मुद्धा समावेश हुने भन्दै सबैलाई मान्य हुने संविधान आउनेमा ढूक्क हुन जनतालाई आग्रह गरेका छन् ।
उनले नेपालले विकासको गति लिन मात्र समय लागेको बताउँदै भने, ‘नेपालले विकासको गति लिएको केही समयमा नै फड्को मार्ने छ ।’