प्रधानमन्त्री कोइराला प्रचण्ड नेतृत्वको समितिमा नबस्ने

301
  •  
  •  
  •  

काठमाडौं २६ असोज (ओएनएस) : प्रधानमन्त्री सुशिल कोइराला  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको  संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक समितिमा नबस्ने भएका छन् । पार्टी भित्र र बाहिरका केही व्यक्तिसँगको छलफल पछि उनी दाहाल नेतृत्वमा रहेर नबस्ने निस्क्र्षमा पुगेका हुन् ।

उनले आइतबार बिहानै एमाओवादी अध्यक्ष दाहाललाई राजनीतिक समितिमा नबस्ने जानकारी गराइसकेका छन् । शनिबार उनले त्यस बारेमा परामर्श लिएका थिए । स्रेतका अनुसार उनले आफ्नो ठाउँमा बरिष्ठ नेता शेरबहादुर देउवालाई पठाउने तयारी गरेका छन् ।

‘विपक्षी दलको नेताको नेतृत्वमा रहेका समितिमा बस्दा प्रोटोकलका हिसावले पनि अप्ठ्यारो हुने देखियो त्यसकारण म समितिमा बस्न नसक्ने भए तर मेरो साथ सहयोग रहन्छ’ उनले टेलिफोनमा प्रचण्डलाई प्रष्ट पारे । स्रोतका अनुसार उनले कांग्रेसको तर्फबाट प्रधानमन्त्रीले संयन्त्रमा बरिष्ठ नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालाई पठाउने पनि जानकारी गराएका छन् ।

शनिबार बोलाइएको बैठक स्थगित भएपछि आइतबार बैठक बोलाउने प्रचण्डको तयारी छ । हिजो कांग्रेस संसदीय दलको बैठकमा नेताहरुले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको समितिमा बसेको भन्दै आलोचना गरेका थिए ।


  •  
  •  
  •