बाढी पीडितलाई नेपाल वायुसेवाको ९ लाख ३० हजार

206
  •  
  •  
  •  

काठमाण्डौं, १९ मंसिर (ओएनएस) बायुसेवा निगमले गत बर्षातमा आएको पहिरो र बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा प्रदान गरेको ९ लाख ३० हजार रुपैया सहयोग गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई निगमका महाप्रबन्धक मदन खरेलले सो रकम हस्तान्तरण गरे ।

सो रकम निगममा कार्यरत कर्मचारीहरुको दैनिक पारिश्रमिकबाट स्वेच्छिक रुपमा कट्टा गरी संकलन  गरिएको थियो । निगमका महाप्रबन्धक खरेलले दिएको जानकारी अनुसार महाप्रबन्धकको तीन दिनको निर्देशक र उपनिर्देशकको दुइदिनको र अन्य कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिक कट्टा गरी सो रकम संकलन गरिएको हो ।

देशमा विपत्ति आएको बेला देश विदेश जहासुकै रहेका नेपालीहरुले तन,मन र धनले सहयोग गरेर विपद्बाट जोगाउने परम्परा विकसित भएको बताए । उनले प्राकृतिक प्रकोपको व्यवस्थापनमा नेपाल आफू पनि सक्षम बन्दै गएको पनि बताए । उनले बाढी, पहिरो र अन्य खालका  प्राकृतिक विपत्तिमा परेका नेपालीहरुलाई सहृदयतापूर्वक सघाउने सबैलाई धन्यवाद दिएका छन् । सो अवसरमा उहाँले हरेक नेपालीले पेट काटेर दिएरको रकम दुरुपयोग हुन नदिने बचन पनि दिए ।


  •  
  •  
  •