प्रधानमन्त्री देउवा किन पुगे राष्ट्रपति भवन ?

971
  •  
  •  
  •  

काठमाडौँ, २७ मंसिर (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणाना भइरहेको विषयमा जानकारी गराउन देउवा राष्ट्रपति कार्यालय शीतलनिवासमा गएका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको निर्वाचन तोकिएकै समयमा सम्पन्न भएकोमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल, निजामती, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरीलगायत सम्पूर्ण राष्ट्रसेवक तथा आममतदातालाई हार्दिक धन्यवाद दिएकी छिन् ।

भण्डारीले निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुने विश्‍वास व्यक्त गर्दै सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षालाई सफल पार्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिएकी छिन् । समृद्धिको यात्रामा आमजनताको रचनात्मक सहयोग र समर्थन रहने अपेक्षा समेत उनको छ ।


  •  
  •  
  •