प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

188
  •  
  •  
  •  

काठमाडौं २ फागुन (ओएनएस) :  गत माघ ८ पछि वार्ता त्याग्दै एक–अर्का प्रति अरोप–प्रत्यारोपमा उत्रिएका दलहरु शुक्रबारबाट संवादहिनता तोडेका छन् । प्रधानमन्त्री सुशील् कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

हिजो पहिलो चरणको वार्ता गरेका प्रधानमन्त्री र प्रचण्डले आज दोस्रो चरणका सम्वाद सुरु गरेका छन् । दुई नेताबीचको छलफलपछि शीर्ष तहमा छलफल हुनेछ । संविधानसभामा जारी रहेको प्रक्रिया स्थगित गरेपछि मात्रा वार्तामा बस्ने बताउँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संवैधानिक समितिको बैठकमा भाग लिदै संवादहिनता तोडेका थिए ।

आज संविधानका मुद्दामा छलफल सुरु भएको छ । बिहान ८ बजेदेखि भएको भेटवार्तामा गतिरोध तोड्ने विकल्पमा छलफल सुरु भएको छ ।

बिहिबार संविधानसभाको बैठक अनिश्चितकालसम्म स्थगित गरेपछि विपक्षी वार्ताको लागि तयार भएको थियो । प्रश्नावली समितिको खारेजको माग गर्दै आएका विपक्षीहरु समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत नभएपछि वार्ताका लागि सकारात्मक देखिएका हुन् ।

शुक्रबार एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री सुशील कोइरालाबीच संवैधानिक परिषद्को बैठकमा संविधान निर्माणमा देखिएका विवादको विषयमा पनि छलफल भएको थियो । यसअघि बिहिबार प्रचण्डले प्रधानमन्त्री कोइरालाई टेलिफोन गरि वार्ताको वातावरण बनाउन सकारात्मक पहल गर्न आग्रह गरेका थिए ।

उनले टेलिफोनमा प्रधानमन्त्रीलाई समयसिमा नतोकि संविधानसभाको बैंठक स्थगित गरे वार्तामा वस्न आफुहरु तयार रहेको बताएका थिए ।


  •  
  •  
  •