प्रधानमन्त्रीले स्वकीय सचिव लक्ष्मण ढकाललाई निष्कासन गरे

182
  •  
  •  
  •  

काठमाडौं २१ साउन (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले लामो समयदेखि सँगै रहो स्वकीय सचिव लक्षण ढकाललाई सजम्मेवारीबाट हटाएका छन् ।

विश्वासघात गरेको र पदीय मर्यादा कायम नगरेको भन्दै  प्रधानमन्त्री कोइरालाले स्वकीय सचिव ढकाललाई पदबाट बर्खास्त गरेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मंगलवार साँझ उनले पदमुक्त गरिएको पत्र पाएका छन्। कोइराला र ढकाल परिवारको सम्बन्ध पनि पछिल्लो समय विग्रीएको छ ।  नेविसंघ राजनीति हुँदै स्वकीय सचिव भएका ढकाललाई पटक पटक चेतावनी दिँदापनि कमजोरी नसुधारेपछि प्रधानमन्त्रीले यस्तो निर्णय लिएको बताइएको छ । ढकालको ठाउँमा मृदुला कोइरालालाई ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ। ढकालको ब्यबहारका कारण कांग्रेस नेताहरु पनि असन्तुष्ट थिए ।

झलनाथ खनालले पनि हटाए

 


  •  
  •  
  •