प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीद्वारा औपचारिक स्वागत

263
  •  
  •  
  •  

modi-oli meetsकाठमाडौँ, ८ फागुन(ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् ।

शनिबार बिहानै महात्मा गान्धीको समाधिस्थलबाट फर्केका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका हुन् । प्रधानमन्त्री ओलीको स्वागतमा सलामी अर्पण गरिएको थियो ।

यसअघि ओलीलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ समेत प्रदान गरिएको थियो । ओलीसँगै कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायको पनि कार्यक्रमा उपस्थिति थियो ।

यस्तै कार्यक्रममा भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, रक्षामन्त्री मनोहर परिर्कर तथा नेपालका लागि भारतीय राजदूत रणजीत रेको उपस्थिति थियो ।

‘गार्ड अफ अनर’ ग्रहण गरेपछि प्रधानमन्त्री ओली राजघाट स्थित महात्मा गान्धीको समाधीस्थलमा तर्फ गएका थिए ।


  •  
  •  
  •