प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी

200
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री भएको एक महिना पुगेको अवसर पारेर प्रधानमन्त्रीले औपचारिक रूपमा देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेको बालुवाटार उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्रीले केही मन्त्री, सरकारमा सहभागि दल र पार्टी भित्र छलफल गरेर सम्बोधन गर्ने तयारी गरेको स्रोतको भनाई छ ।

सम्बोधन गर्ने तयारी गरिएपनि टुङ्गो भने नलागेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिएका छन् । प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी, मधेस आन्दोलन, सरकारका प्राथमिकतालगायतका विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेका छन् ।

यसअघि तिहार अघि नै सम्बोधन गर्ने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो ।


  •  
  •  
  •