प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने

136
  •  
  •  
  •  

काठमाडौँ, ३० बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई आज साँझ ५ बजे सम्बोधन गर्ने भएका छन् ।

सम्बोधनमा विशेषगरी भूकम्प पुनःनिर्माणका पछिल्ला गतिविधि एवम् मुलुकको राजनीतिक अवस्थाबारे जानकारी आउने बताइएको छ ।

व्यवस्थापिका–संसद्को बैठकमा यतिखेर सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदले आ–आफ्ना धारणा राखिरहेका छन् ।


  •  
  •  
  •