प्रधानमन्त्री ओलीको सम्बोधन अन्योलमा

130
  •  
  •  
  •  

काठमाडौं, २४ कात्तिक (ओएनएस) : प्रधामन्त्री चयन भएको एक महिना पुगेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गर्ने भनिएको सम्बोधन अन्योलमा परेको छ ।

आज अपरान्ह प्रधानमन्त्रीले देशबासीका नाममा गर्ने भनिएको सम्बोधन तयारी नपुगेका कारण गर्ने नगर्ने विषय अन्योलमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । सम्बोधन हुन या नहुने विषयमा अपरान्ह थाहा हुने बताउँदै उनले तयारी पुरा हुन नसके भोली अर्थात् बुधबार गर्ने बताएका छन् ।

सम्बोधनमार्फत सरकारको नेतृत्व गरेको एक महिना पुगेको सन्दर्भमा मुलुकका समस्या र सरकारले गरिरहेका कामबारे जनतालाई जानकारी गराउने उदेश्य रहेको दाहालले बताए ।

सरकारको नेतृत्व सम्हालेको एक महिना पुगेको सन्दर्भमा मुलुकका समस्या र सरकारले गरिरहेका कामबारे जनतालाई जानकारी गराउन ओलीले सम्बोधन गर्न लागेका हुन् ।

दाहालका अनुसार मुलुकको समग्र विषय प्रधानमन्त्रीको सम्बोधनमा आउने छ । सम्वोधनमा अहिलेको संकट र नाकाबन्दीको योजना पनि उनले भन्नेछन् ।

आन्दोलनको क्रममा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दाहरू फिर्ता लिने प्रक्रिया आरम्भ भएको, र मृतकका परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भइसकेको विषयमा सम्वोधन मार्फत जानकारी गराउने छन् ।


  •  
  •  
  •