काठमाडौँ, २६ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी ओलीले सरकार दुई वर्षसम्म कसैले परिवर्तन गर्न नसक्ने दावी गरेका छन् ।
बुधबार झापा जिल्ला परिषद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई वर्षसम्म यो सरकार परिवर्तन नहुने भन्दै सरकार परिवर्तन आफूहरूको एजेण्डा नभऐको बताएका छन् । उनले सरकार परिवर्तन नहुने र यो सरकार विकासको एजेण्डा लिएर अगाडि बढेको बताएका छन् । उनले सरकारले विकास भन्दा अन्य विषयमा कुनै सोच नबनाएको समेत उल्लेख गरे ।
उनले संविधान जारी भएपछिको समस्या अहिले मत्थर हुँदै गएको बताएका छन् । उनले संविधानप्रतिको मानिसको भ्रम कम हुँदै गएकाले अहिलेको अवस्थामा विकासको कार्यलाई अगाडि बढाउनु नै उपयुक्त हुने भनाई राखेका छन् । उनले देशमा दुई वर्षभित्र विकासको मुल फुटाउने दाबी गरेका छन् ।