बुद्धिजीविले हैरान बनाए : प्रधानमन्त्री

97
  •  
  •  
  •  

काठमाडौँ, ७ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्ष भित्रमा नेपालमा पेट्रोलियम पदार्थ उत्पादन हुने बताएका छन् ।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको आठौं अधिवेशनको उद्‌घाटन समारोहमा प्रधानमन्त्री ओलीले पेट्रोलियम पदार्थको उत्खननको काम सुरू भइसकेको भन्दै २ वर्षभित्र पेट्रोलियम पदार्थमा नेपाली आत्मनिर्भर हुने बताए ।

उनले पेट्रोलियम पदार्थ उत्खननको कार्य दैलेख र मोरङको बयरवनबाट सुरू भइसकेको समेत बताए । उनले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिए ।

उनले पानी जहाजको प्रसंग कोट्याउँदै बुद्धिजीविले पनि आफ्नो कुरा नबुझेको भन्दै असन्तुष्टी पोखेका छन् । उनले समुन्द्र नभएका देशले पनि पानी जहाज चलाएको उदाहरण छन्, र भूपरिवेष्ठित देशले पनि पानी जहाज चलाउन पाउँछ भन्ने जानकारी बुद्धिजीविहरूलाई हुनुपर्ने बताए ।

उनले यो कुरा जानकारी नभएका बुद्धिजीविले कागजको पानी जहाजमा झण्डा राखेर सामाजिक सञ्जालमा राखेको, पहाडमा पानी जहाज कुदेको चित्र बनाएर सामाजिक सञ्जाल हालेको उल्लेख गर्दै यस्ता बुद्धिजीविले आफूलाई हैरान बनाएको समेत बताए ।


  •  
  •  
  •