सबै पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह

141
  •  
  •  
  •  

काठमाडौं १६ माघ (ओएनएस) :
प्रधानमन्त्री केपी ओलीले राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रकृया आरम्भ भएको उल्लेख गर्दे बाँकी असहमति र गुनासा सम्बोधनका लागि सबै पक्षलदाई वार्ता र सम्वादमा आउन आग्रह गरेका छ ।

सहीद दिवसको अवसरका सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानको पहिलो संशोधनको प्रसंगलाई समेत जोडर वार्ता र संवादको आह्‍वान गरेका हुन् ।

‘माघ ९ गते नेपालको संविधानमा पहिलो संशोधन भएको छ । यसबाटअहिले देखिएका राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रकृया आरम्भ भएको छ’ प्रधानमन्त्री ओलीले भनेका छन्,‘ यसबाट संविधान सम्बन्धी सबैको चासो क्रमश: सम्बोधन हुदै जाने विश्वास म यस अवसरमा दिलाउन चाहन्छु ।’

संबिधान जारी हुनु अघिदेखि नै मुलुकमा सिर्जना गरिएका समस्याहरु क्रमश: सम्बोधन हुँदै आएका उनले उल्लेख गरेका छन् । ‘हामीबीच कुनै असहमति र गुनासाहरु छन् भने वार्ता र सम्बादबाटै तिनको समाधान गर्न सकिने भएकोले एकपटक फेरि म सम्बध्द सबै पक्षलाई वार्ता र सम्बादमा आउन आह्वान गर्दछु’ प्रधानमन्त्रीको सन्देशमा छ ।


  •  
  •  
  •