प्रधानमन्त्री र भारतीय परराष्ट्रमन्त्रीबीच भेटवार्ता

159
  •  
  •  
  •  

kp oli and susma swarajकाठमाडौँ, ८ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘गार्ड अफ अनर’ ग्रहण गरेलगत्तै महात्मा गान्धी समाधीस्थल राजघाट पुगेर फर्केपछि राष्ट्रपति भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा द्वीपक्षीय आपसी सम्बन्ध र हितका विभिन्न पक्ष र विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा भूकम्प पुन:निर्माणका सम्बन्धमा पनि छलफल भएको उल्लेख छ ।


  •  
  •  
  •