प्रधानमन्त्रीद्वारा निःशुल्क पुस्तक वितरण

105
  •  
  •  
  •  

काठमाडौँ, १४ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेका छन् ।

विद्यार्थी भर्ना तथा निशुल्क पाठ्य–पुस्तक वितरण राष्ट्रिय अभियानमा सहभागी भएर प्रधानमन्त्री ओलीले राजधानीको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय उच्च माविमा विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेका हुन् ।

उनले विद्यार्थीहरू सिर्जनशील र लगनशील भएर देशको सेवा गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने बताएका छन् । उनले विद्यार्थीहरूले अध्ययन गर्न देशको सेवा गर्ने विषयलाई सदैव ध्यानमा राख्नुपर्ने भन्दै आफ्नो लक्ष्यलाई स्मरण गर्दै अगाडि बढ्नुपर्ने बताए ।


  •  
  •  
  •