काठमाडौँ, १९ मंसिर (ओएनएस)१० दिनअघि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निवास फर्किएका छन् । एपेन्डिसाइटिस र पेटमा संक्रमण भएपछि मंसिर १० गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको शल्यक्रिया समेत गरिएको थियो ।
मृगौलासम्बन्धी समस्या बेहोरिरहेका प्रधानमन्त्री ओलीले नयाँ समस्यासँग जुध्नुपरेको हो । उनको स्वास्थ्यमा अपेक्षित रुपमा सुधार भएको तर संक्रमणबाट भने जोगिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । धेरै मानिसको सम्पर्कबाटा टाढा रहन र पूर्ण रुपमा आराम गर्न चिकित्सकले भनेका छन् ।
प्रधानमन्त्री ओलीलाई आजै अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
प्रधानमन्त्री ओलीको नियमित डाइलाइसिस पनि भइरहेको छ । नयाँ मृगौला प्रत्यारोपणबारे छलफल भइरहे पनि स्वदेश वा विदेश कहाँ गर्ने भन्ने टुंगो लागिसकेको छैन ।