काठमाडौँ, ७ चैत(ओएनसए) : प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् ।
भारत भम्रणबाट फर्किएको एक महिनापछि प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओली चिनिया समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान गएका हुन् ।pm
उनी करिब १ सय जनाको सम्मिलित टोलीको नेतृत्व गर्दै चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । टोलीमा उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री बिष्णु पौडेल, वाणिज्य मन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार बिष्णु रिमाल, केही सांसदहरू रहेका छन् ।
उनी राष्ट्रिय ध्वजावाहक जहाजको सट्टा संचालनमा नै नआएको निजि विमान कम्पनीक हिमालय एयरलाइन्सको जहाज चढेर चीन प्रस्थान गरेका हुन् ।
सम्बन्धित समाचार :