आवश्यकताका आधारमा सिमांकन हेरफेर गर्न सकिन्छ : प्रधानमन्त्री

245
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा सिमांकन हेरफेर गर्न सकिने बतएाका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएको बताउँदै जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संशोधन गर्न सकिने बताएका छन् । उनले भने, ‘आन्दोलनरत दलहरुको समझदारीका आधारमा संविधान संशोधन विधेयक अघि बढाउन र प्रादेशिक सीमाबारे छलफल गर्न सकिन्छ ।’

उनले दलहरुबीच राजनीतिक सहमतिलाई संविधान संशोधनमार्फत संवैधानिक व्यवस्था गरिने भन्दै वार्तालाई निष्कर्षमा पुर्‍याउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

मधेसमा रहेको जारी आन्दोलनले सबैभन्दा बढी जसका लागि आन्दोलन गरिएको हो उनीहरू नै पीडित भएको बताउँदै उनले अहिले नाकाबन्दी तथा आन्दोलन मानवताविरोधी भएको बताएका छन् । भारतले गरेको नाकाबन्दी अन्तराष्ट्रिय मूल्य मान्यता र कानुन विपरित भएको बताएका छन् ।

उनले नेपाल इतिहासदेखी नै कसैसँग नझुकेको स्मरण गर्दै नेपालीहरू आफ्नो आन्तरिक समस्या समाधान गर्नका लागि आफै समक्ष रहेको बताएका छन् ।


  •  
  •  
  •